Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हकप्रद शेयर पछि कामना सेवा विकास बैंकको मुल्य समायोजन

हकप्रद शेयर पछि कामना सेवा विकास बैंकको मुल्य समायोजन

काठमाडौं, ३ माघ । हकप्रद शेयर जारी गर्ने भएपछि कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको प्रति शेयर १६५ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य २०८ रुपैयाँ रहेको छ । बैंकले बैंकले १० बराबर १.५ कित्ता अर्थात १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कामना सेवा विकास बैंकले माघ ३ गते शेयर दर्ता किताव बन्द गरेको छ । त्यसैले माघ २ गतेसम्म बैंकको शेयर खरिद गरेका शेयर लगानीकर्ताहरुले बैंकले जारी गर्ने हकप्रदको लागि आवेदन दिने सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३० करोड ९४ लाख १५ हजार ४७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयरको पुँजीकरण पछि बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन १४ करोड रुपैयाँको आवश्यकता पर्नेछ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x