दोस्रो बैंकिङ एक्स्पो माघ १९ देखि

काठमाडौं, ३ माघ । माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र युवा स्वरोजगार कोषसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त एक्स्पोको आयोजना गर्न लागेको जानकारी दिइएको छ ।

वित्तिय जागरण राष्ट्रिय अभियान अन्तर्गत एक्स्पो आयोजना गर्न लागिएको जनाइएको छ । एक्स्पोको नेपाल राष्ट्र बैङ्कका गभर्नर डा।चिरञ्जीवि नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा बैङ्क तथा वित्तीय संस्था, रेमिट्यान्स, बीमा कम्पनी, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोषलगायतको सूचनामूलक स्टल रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *