Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम मुम्बाईमा

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम मुम्बाईमा

काठमाडौं, २० माघ । प्रभु बैंकले भारतको मुम्बाईमा भएका प्रवाशी नेपालीहरुलाई लक्षित गरी २ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युके एड डीएफआइएडी अन्तर्गत सञ्चालित सक्षम, एसेस एडभाईजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा प्रवाशी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध मुम्बईमा रहेका करिब २ सय जना प्रवाशी नेपालीहरुको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । उक्त वित्तीय साक्षरता कार्यक्रमले प्रवाशी नेपालीहरुलाई रकम बैंकिङ्ग प्रणालीमार्फत नेपालमा रहेका आफन्तहरुलाई पठाउँदा विगतमा भन्दा सहज महशुस हुने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x