Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बजार अनुगमन पछि मात्रै कुखुराको मासुको मूल्य बढाउँने माथि कारबाही गरिने

बजार अनुगमन पछि मात्रै कुखुराको मासुको मूल्य बढाउँने माथि कारबाही गरिने

काठमाडौं, २३ माघ । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारको अनुगमन पछि मात्रै कुखुराको मासुको मूल्य बढाउने व्यवसायीलाई कारवाही गर्ने भएको छ । यस अघि मासुको मूल्य बढाएको भन्दै स्पष्टीकरण लिएका व्यवसायीबाट चितबुझदो जवाफ नआए पछि विभागले बजारको अनुगमन गर्ने भएको हो । अनुगमन पछि आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

विभागले कुखुराको मासुको मूल्य बढाउने व्यवसायीहरुसँग गत मंगलबारसम्म स्पष्टिकरण मागेको थियो । तर, व्यावसायीहरुको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएपछी एक सातासम्म बजारमै गएर सत्य तथ्यय पत्ता लगाई कारबाही अगाडि बढाईंने विभागका महानिर्देशक सुवेदीले बताए । वास्तविक दोषी पत्ता लगायपश्चात मात्रै कारवाही अगाडि बढाईंने छ । सुवेदीले दोषीलाई न्युनतम एक लाख रुपैयाँ जरिवाना तथा जेलसम्मको सजाय हुने अर्थको अर्थ डट कमलाई जानाकारी दिए । कुखुराको मासुको बजार मुल्य अहिले ४ सय २० रुपैयाँ पुगेको छ । यो रकम केही समय अघिको झण्डै दोब्बर हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x