Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चैत २६ गते वार्षिक साधारणसभा गर्दै एनएमबि लघुवित्त

चैत २६ गते वार्षिक साधारणसभा गर्दै एनएमबि लघुवित्त

काठमाडौं, २ चैत । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौं वार्षिक साधारणसभा चैत २६ गते गर्ने भएको छ । उक्त सभा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेस हुने कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा कम्पनीले हकप्रद शेयर निष्कासनपछि कायम रहेको चुक्तापूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । साथै कम्पनीले ३ वर्गका अन्य लघुवित्त संस्थासँग गाभ्ने–गाभिने सम्बन्धमा प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा त्यसका लागि समिति गठन गर्ने, मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने रहेको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीको शेयरधनी दर्ता पुस्तिका चैत १० देखि २६ गतेसम्म बन्द रहने भएको छ । चैत ९ गतेसम्मका कायम शेयरधनी लाभांशका लागि योग्य हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x