Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आजदेखि

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आजदेखि

काठमाडौं, ४ चैत । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । उक्त कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीका लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

आईपीओ निष्कासनको बन्द मिति छिटोमा चैत ७ गतेसम्म र ढिलोमा चैत १८ गतेसम्म रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको आईपीओमा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्कासनका लागि विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्बन्धित शाखा कार्यालय र मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको आधारभूत पक्ष बलियो रहेको बुझाउँछ । अहिले कम्पनीको चुक्तापूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपश्चात् कम्पनीको पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १४९ दशमलव ५६ रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x