Date

बुध, अशोज १०, २०८०
Wed, September 27, 2023

महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सहयोग

महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सहयोग

काठमाडौं, २० चैत । महालक्ष्मी विकास बैंकले लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारीका मजदूरका लागि खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ ।
कारोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकलाई राहतस्वरूप बैंकले बुधवार रू. चार लाख बराबरको खाद्यान्न सामग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हो । उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलज्यूलाई हस्तान्तरण गरेका थिए । उक्त सहयोगले अहिलेको असहज परिस्थितिमा श्रमिकलाई जीवनयापनमा मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । साथै सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन बैंकले अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x