राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं, ३० चैत । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै बैंकको आर्थिक वर्ष २०७७÷७८ को बजेट तर्जुमा गर्ने बताए । हाल बैंकले ७७ जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *