Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोरोना रोकथाम तथा उपचार कोषमा आईक्यानको १ करोड

कोरोना रोकथाम तथा उपचार कोषमा आईक्यानको १ करोड

काठमाडौं, ३ वैशाख । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ । आईक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा १ करोड रुपैया सहयोग गर्ने निर्णय गरेको थियो ।
परिषद बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ । कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई केही राहत पु¥याउने हाम्रो विश्वास छ,’ आचार्यले भने ।
आईक्यानले अध्ययन प्राविधिक समिति बनाउने
आईक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए । लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।
विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने
आईक्यानले ‘अनलाइन लर्निङ्ग प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन भएको छ । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ ।
आईक्यानले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ्ग र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा (सिपिई) को क्रेडिट आवर प्रदान गर्ने समेत निर्णय गरेको आचार्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x