Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कर्णाली प्रदेश सरकारलाई एभरेष्ट बैंकको ६ लाख

कर्णाली प्रदेश सरकारलाई एभरेष्ट बैंकको ६ लाख

वीरेन्द्रनगर, १३ वैशाख । कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा एभरेष्ट बंैकले ६ लाख सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कणा{ली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैयाँ जम्मा गरेको हो । शुक्रवार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई बैंकका सुर्खेत शाखा प्रबन्धक विक्रान्त शर्माले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले संघीय सरकारलाई ६० लाख र सातओटै प्रदेश सरकारलाई ६ र ६ लाख रुपैयाँका दरले सहयोग प्रदान गरेको प्रबन्धक शमा{ले जानकारी दिए । उनका अनुसार एभरेष्ट बैंकले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले थालेको अभियानमा संघीय सरकार र प्रदेश सरकारलाई गरी १ करोड २ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग हस्तान्तरण काय{क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सहभागि थिए । उनले सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै कोरोनाविरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x