Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना पीडित देशलाई एनआरएनएले दियो आर्थिक सहयोग

कोरोना पीडित देशलाई एनआरएनएले दियो आर्थिक सहयोग

लण्डन, २५ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड १९) पीडित देशमा आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशका लागि संघले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराईले ५०००, स्पेनले ५०००, पोर्चुगलले ५०००, इटालीले ५००० र माल्टाले ३००० अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् ।
संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साईप्रसमा रहेका संघका राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिवार ९२ मे २०२०० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x