Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योग व्यवसाय सञ्चालनमा जनशक्ति, कच्चापदार्थ र बजारको चुनौती कायमै

उद्योग व्यवसाय सञ्चालनमा जनशक्ति, कच्चापदार्थ र बजारको चुनौती कायमै

काठमाडौं, २६ वैशाख । सरकारले लकडाउनका कारण करीब डेढ महिना बन्द रहेका उद्योग शर्तसहित खोल्ने दिने निर्णय गरे पनि तत्कालै यसको कार्यान्वयनमा भने चुनौती देखएको छ । उक्त निर्णयपश्चात् व्यवसायी उत्साहित देखिएका छ छन्, तर अधिकांश उद्योग व्यवसायमा श्रमशक्ति, कच्चापदार्थ, बजार व्यवस्थापन लगायत कारण सञ्चालनमा चुनौती कायमै छ ।
औद्योगिक वस्तुको माग तथा आपूर्ति सन्तुलित राख्न लकडाउन खुकुलो गरिए पनि अहिले अधिकांश श्रमिक, कर्मचारी तथा प्राविधिक घर गएको हुँदा त्यसको व्यवस्थापनमै केही समय लाग्ने देखिएको छ । सरकारको निर्णय स्वागतयोग्य भए तापनि अहिलेकै अवस्थामा कतिपय उत्पादन थालिहाल्न नसकिने उद्योगी व्यवसायीले बताएका छन् ।
निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले श्रमिक व्यवस्थापन, उत्पादित सामग्रीको ढुवानी र बजारको सुनिश्चितता अबको चुनौती रहेको बताएको छ । खाद्य उद्योगमा समस्या नभए पनि माग कम हुने उद्योगका लागि समस्या रहेको महासंघको बुझाइ छ । विकास निर्माण सुस्त भएकाले सिमेन्ट, डन्डी, ग्रील लगायत सामानको माग तथा बजार कम हुने अनुमान गरिएको छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहले ढुवानीका लागि समन्वय गर्न र उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयबीच समन्वय गरी सहजीकरण गर्न जरुरी महासंघले बताएको छ ।
उद्योगी व्यवसायीले उत्पादन गरे पनि बजारसम्म ढुवानी गर्न र त्यसपछि खपतका विषय पनि सुनिश्चित हुनुपर्ने बताएका छन् । अहिले माग र खपत दुवै कम भएकाले बजार व्यवस्थापनमा समस्या हुन सक्ने उनीहरूको ठम्याइ छ । यस्तै श्रमिक तथा कर्मचारी पनि कम भएकाले ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्न सकिने बताइएको छ ।
लकडाउनका कारण अधिकांश आर्थिक व्यावसायकि गतिविधि ठप्प भएकाले सरकारको निर्णयले पनि केही आशा जगाएको छ । उद्योगधन्दा तथा व्यवसाय खुल्दै गए मानिसको रोजगारी पनि सुनिश्चित हुँदै जाने देखिएको छ । कोरोना संकटले आफ्ना कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिन नै मुश्किल भइरहेको सन्दर्भमा यसले उद्योगी व्यवसायीलाई समेत एक किसिमको राहत दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x