Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

भाटभटेनी स्टोरमा उपभोक्ताको भिड, सरकारी आदेशको अवहेलना

भाटभटेनी स्टोरमा उपभोक्ताको भिड, सरकारी आदेशको अवहेलना

काठमाडौं, २६ बैशाख । लकडाउनकै बीच पनि गत बैशाख ७ गतेदेखि राजधानीका केही भाटभटेनी सुपर मार्केटमा कारोबार खुला गरिएको छ। सामाजिक दुरी कायम गर्दै कारोबार खुला गरेको दाबी भाटभटेनीले गरेपनि व्यवहारमा त्यस्तो देखिएको छैन ।

बिहीबार कलंकी स्थित भाटभटेनी स्टोरमा सामान खरिद गर्दै उपभोक्ता

सामाजिक दूरी कायम गर्ने, एकपटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको भाटभटेनीको जनाएको छ । तर कलंकीको भाटभटेनी स्टोरमा सावधानीका यी सबै उपायहरु अपनाइएको छैन । स्टोर प्रवेश गर्दा लाइन लगाएर सामाजिक दुरि कायम गराउने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गर्ने गरिएपनि स्टोर भित्र सामाजिक दुरि कामय गर्ने र एक पटकमा १० जनालाई मात्र प्रवेश दिने कुरा लागु भएको छैन । स्टोर भित्र झुण्ड झुण्डमा उपभोक्ताहरु सामान खरिद र भुक्तानी गरिरहेका छन् । सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गरिएको छ । स्टोर व्यवस्थापनले पनि त्यसमा खासै ध्यान दिएको देखिदैन ।

काठमाडौं उपत्यकाको कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला छ । खुला गरिएका सबै स्टोरहरुको अवस्था उस्तै उस्तै छन् । पद र पहुँचका आधारमा लकडाउनका बेला पनि स्टोर खोलेको भन्दै केही स्थानीयले यसअघि नै बन्द गर्न प्रशासनलाई आग्रह गरेका थिए ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरि अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाउनुका साथै भिडभाड कम गर्न निर्देशन दिएको छ । तर भाटभटेनीले त्यो निर्देशनलाई खिल्ली उडाएको छ । यसले कोरोना भाइरस संक्रमणको जोखिम थप बढाएको छ।

?

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x