Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पीसीआर र आरडीटी प्रणालीबाट ९५ हजार ९२९ को परिक्षण

पीसीआर र आरडीटी प्रणालीबाट ९५ हजार ९२९ को परिक्षण

काठमाडौं, ४ जेठ । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले हालसम्म पीसीआर र आरडीटी प्रणालीबाट ९५ हजार ९२९ जनाको परिक्षण गरेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २८ हजार १६० जनाको पीसीआर र ६७ हजार ७६९ जनाको आरडीटीमार्फत् परिक्षण गरिएको हो ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडीटी प्रणालीमार्फत परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार २७१ को आरडीटी प्रणालीबाट परिक्षण गरिएको हो । त्यस्तै बढी परिक्षण गरिएको दोस्रोमा बागमति प्रदेश छ । यो प्रदेशमा ११ हजार २५७ जनामा आरडीटी परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश नं. १ मा ९ हजार १८६, प्रदेश नं. २ मा ६ हजार, गण्डकी प्रदेशमा ६ हजार ९३२, प्रदेश नं. ५ मा ८ हजार ७५१ र कर्णाली प्रदेशमा ७ हजार ३७२ जनाको आरडीटी प्रविधिमार्फत परिक्षण गरिएको छ ।

कोरोना संक्रमण हुनसक्ने सम्भावितहरुलाई आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा उपत्यकाभित्र र बाहिर गरी ३४६ जना रहेको मन्त्रालयले जनाएको छ । उपत्यकाभित्र ३५ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ३३५ जना आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा बढी प्रदेश नं. २ मा १२२ जना आइसोलेसनमा छन् । त्यस्तै प्रदेश नं. ५ मा ११७ जना, बागमति प्रदेशमा ७१ जना, प्रदेश नं. १ मा २४ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना र गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने निको भएर घर ३६ जना फर्किएका छन् । त्यस्तै २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x