सीमा मुद्दा द्वीपक्षीय कूटनीतिमार्फत सुल्झाउन एनआरएनएको आह्वान, समर्थनका लागि १ लाख हस्ताक्षर संकलन अभियान
काठमाडौं, १० जेठ । नेपाल भारतबीचको सीमा विवाद द्वीपक्षीय कूटनीतिक माध्यमबाट समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)एले आह्वान गरेको छ । नेपालको सार्वभौमिकतासँग जोडिएको यो मुद्दामा नेपाली राजनीति, मिडिया, सामाजिक मञ्चका साथै नेपालभित्र र विदेशका सम्पूर्ण देशभक्त नागरिकको समर्थन गरेको भन्दै संघले यसमा आफूहरूको पनि नैतिक दायित्व र जिम्मेवारी भएको ठहर गरेको छ । यो अभियानलाई समर्थन गर्दै अन्तरराष्ट्रियस्तरसम्म पुर्याउन संघले १ लाख हस्ताक्षर समेत संकलन गर्ने भएको छ ।
संघले भनेको छ, ‘यो मुद्दामा जनसमुदायको समर्थन जुटाउन लागि हामी एनआरएनएका वर्तमान र विगतका हामी सबै नेतृत्व एक हुनुपर्छ ।’ उक्त हस्ताक्षर सार्वजनिक रूपमा सूचीकृत हुने र समस्या समाधानमा उच्च दबाबका लागि भारत सरकारलाई बुझाइने संघले बताएको छ ।
यो मुद्दामा लक्ष्य प्राप्तिका लागि आगामी दिनमा यो अभियानलाई अन्तरराष्ट्रिय समितिहरूमा समेत पुर्याइने संस्थाले बताएको छ । यसैबीच, उक्त हस्ताक्षर अभियानमा सहभागी भएर सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत धेरैभन्दा मानिससमम प्रचार प्रसार गर्न समेत संस्थाले आग्रह गरेको छ । एनआरएनएको निम्न लिंकमा गएर हस्ताक्षर गर्न सकिने बताइएको छ । https://www.gopetition.com/petitions/kalapani-is-nepals-territory-resolve-the-border-dispute-support-nepals-sovereignty.html