नेपाल विल्डकन तथा नेपाल उड अन्र्तराष्ट्रिय प्रदर्शनी २०१८

काठमाडौं, २२ माघ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा माघ २६ गते देखि २८ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नेपाल विल्डकन तथा नेपाल उड अन्र्तराष्ट्रिय प्रदर्शनी हुदैछ ।
उक्त प्रदर्शनीमा विभिन्न देशका २ सय २० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरु रहने र विक्रेताहरुले निर्माण ब्यवसाय तथा काष्ठ ब्यवसायसंग सम्बन्धित उत्पादनका साथै नयाँ– नयाँ प्रविधिको बारेमा जानकारी गराउने आयोजकले जनाएको छ ।
सह–प्रायोजकमा महिन्द्रा तथा निप्पोन पेन्ट रहने उक्त प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट,इन्जिनियर,कन्ट्रयाक्टरस ,विल्डरस तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहने जानकारी आयोजकले गराएको छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा थप टेवा पुग्ने आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *