Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

लकडाउनको मोडालिटीमा पुनर्विचार गर्न नेपाल विद्युतीय व्यवसायी महासंघको माग

लकडाउनको मोडालिटीमा पुनर्विचार गर्न नेपाल विद्युतीय व्यवसायी महासंघको माग

काठमाडौं, १९ जेठ । कोरोना रोकथामका लागि भन्दै सरकारले २ महिनाभन्दा लामो समयदेखि गरेको लकडाउनले व्यापार व्यवसाय धराशयी हुनुका साथै जनजीवन समेत प्रभावित भएको भन्दै यसको मोडालिटीबारे पुनर्विचार गर्न नेपाल विद्युतीय व्यवसायी महासंघले माग गरेको छ ।
समस्याको निदान गर्ने लकडाउन मात्रै अन्तिम बिकल्प होइन भन्ने विश्वव्यापी अभ्यास समेतले स्पष्ट पारेको औंल्याउँदै महासंघले मोडालिटी परिर्वतन गर्दै अत्यन्त संवेदनसील क्षेत्र बाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउनुपर्नेमा जोड दिएको छ ।
लकडाउनले गर्दा व्यवसायी रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको भन्दै महासंघले स्वास्थ्य सुरक्षालाई मजबूत बनाउँदै, परीक्षणको दायरालाई फराकिलो बनाउँदै, आर्थिक जनजीवन सामान्य बनाउनेतिर नेपाल सरकारले ध्यान दिनुपर्ने बताएको छ ।
सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनीक गरेको सूचना अनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग, विद्युतीय सामग्रीको व्यापार व्यवसाय (आपूर्ति एवं विक्री वितरण) सञ्चालन गर्न पाउने व्यवस्था गर्न महासंघले नेपाल सरकारसमक्ष विशेष माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *