Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘बजेट कोरोना प्रभावित अर्थतन्त्र जोगाउनेतर्फ केन्द्रित’

‘बजेट कोरोना प्रभावित अर्थतन्त्र जोगाउनेतर्फ केन्द्रित’

काठमाडौं, १९ जेठ । जोखिम न्यूनीकरण गरी जनजीवन सामान्य बनाउँदै अर्थतन्त्र जोगाउनेतर्फ आर्थिक वर्ष २०७७÷७८ को बजेट केन्द्रित रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । राष्ट्रियसभाको सोमवारको बैठकमा आगामी आव २०७७÷७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले कोरोना सन्त्रासको अवस्थाबाट सामान्य जनजीवनमा फर्कन सक्ने अनुमान बजेटले गरेको प्रष्ट पारेका छन् ।
कोरोना नियन्त्रणसँगै सामान्य अवस्थामा फर्किन सक्ने विश्वास आफूले गरेको भन्दै उनले त्यसका लागि हाम्रो प्रयास जारी रहनुपर्ने बताए । ‘सामान्य अवस्थामा हासिल हुने उपलब्धि आगामी वर्ष पनि हासिल गर्न सकिन्छ, त्यसैले बजेटको आकार सानो बनाइएको हो,’ उनले भने । कोरोनाका कारण रोजगारीबाट विस्थापित कामदारलाई आफ्नो व्यवसायमै पुनःस्थापित गर्नेतर्पm सरकारको ध्यान दिएको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा ६ प्रतिशत बजेटको व्यवस्था गरिएको र आगामी दिनमा बढाउनका लागि ग्रामीण पूर्वाधार विकास गर्नुपर्ने उनले बताए । यातायातका साधनमा विद्युत् खपत गर्ने उद्देश्यअनुसार निजी तथा सरकारी विद्युतीय यातायातलाई सहुलियतको व्यवस्था गरिएको जानकारी उनले दिए ।
यस्तै एमसीसी संसद्बाट अनुमोदन भएपछि मात्रै अगाडि बढाइने उनको भनाइ छ । बजेटमाथि आइतवारदेखि दलीय आधारमा सामान्य छलफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x