Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कुमारी बैंकले देवःविकास बैंकलाई प्राप्ती गर्ने

काठमाडौं, २० जेठ । कुमारी बैंकले देवः विकास विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । लकडाउनकै बीच पनि विशेष सावधानी अपनाएर गरिएको सोमबारको कुमारी बैंकले विशेष साधारण सभा र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका हुन् ।

देवः विकास बैंकको ०.८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार देवः लाई प्राप्ति गर्न लागिएको हो । हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ देवः विकास बैंकको ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

देवः विकास बैंकले प्रस्तावित ८.५५ प्रतिशत बोनस शेयर समेत पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ । कुमारी र देवः विकास एक भएपश्चात चुक्ता पुँजी १३ अर्ब २८ लाख रुपैयाँ पुग्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x