Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

फोनपेले पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड प्राप्त गर्यो

फोनपेले  पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड प्राप्त गर्यो

काठमाडौं, २१ जेठ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड प्राप्त गरेको छ। फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको हो ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको जनाइएको छ। यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने प्रमाणित गरेको कम्पनीले जनाएको छ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्वारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्वारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नु पर्दछ । यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने फ्रड कार्यलाईलाई रोक्दछ ।

फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x