Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक छैन्ः डिला संग्रौला

प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक छैन्ः डिला संग्रौला

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसकी नेता डिला संग्रौलाले महामारीको संकटमा प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक नरहेको बताएकी छिन् । शनिबार प्रतिनिधि सभाको बैठकमा नेता संगौलाले यो कार्यक्रमले वास्तविक श्रमिकलाई लाभ नहुँने भन्दै खर्च कटौती गर्न माग गरेकी हुन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमले वास्तविक श्रमिकलाई फाईदा हुँदैन् ।” उनले भनिन्- “प्रधानमन्त्री रोजगार कार्यक्रमले सिमित वर्ग र समूहलाई फाईदा पुग्छ ।”

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमले उत्पादनमा सहयोग नगर्ने भएकोले यसलाई खारेज गर्नु पर्ने उनले बताइन् । तर, पूर्व श्रम मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले आगामी दिनमा २ लाख जनशक्तिलाई १०० दिन रोजगारीको सुनिश्चित गर्ने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सकारात्मक रहेको बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८का लागि प्रधानमन्त्री रोजनागर कार्यक्रममा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x