Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो, निको भए ४६७ जना

नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो, निको भए ४६७ जना

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ४४८ पुगेको हो । जसमध्ये ४६७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

संक्रमण हुनेमा ३ हजार २१२ जना पुरुष र २३६ जना महिला रहेका छन् ।

सरकारले हालसम्म आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ परिक्षण गरेको छ भने पीसीआर विधिबाट ९६ हजार २०५ परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न स्थानमा १ लाख ७ ० हजार ७३२ जना क्वारेनइनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x