Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

११ महिनामा सरकारको पूँजीगत खर्च ३० प्रतिशत

११ महिनामा सरकारको पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौंं, २९ जेठ । चालू आर्थिक वर्षको ११ महिनामा संघीय सरकारको ३० प्रतिशत पूँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांक अनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको कार्यालयको तथ्यांकले देखाएको छ ।
सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणका लागि पूँजीगत खर्चतर्फ रू. ४ खर्ब ८ अर्ब ५९ करोडको बजेट छुट्याएको थियो, जसमध्ये हालसम्म रू. १ खर्ब २३ अर्ब ५ करोड ५ लाख खर्च भएको देखिन्छ । चालूखर्च भने ६७ प्रतिशत भएको छ । चालूतर्फ रू. ९ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा ६७ दशमलव १८ प्रतिशत खर्च भएको छ, जुन रू. ६ खर्ब ४२ अर्ब ९३ करोड ९४ लाख हो ।
रू. १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख वित्तीय व्यवस्थातर्फ खर्च गर्ने लक्ष्य लिइएकामा हालसम्म रू. ८३ अर्ब ८६ करोड ८३ लाख (४९ दशमलव ९६ प्रतिशत) खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले रू. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्याएकामा ११ महिनाका अवधिमा चालू, पूँजीगत र वित्तीय व्यवस्थापन गरी रू. ८ खर्ब ४९ अर्ब ८५ करोड ८१ लाख खर्च भएको छ । गत माघ अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले संशोधित बजेटको आकार रू. १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याएका थिए । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x