Shangrila

एसियन लाइफको हकप्रद फागुन १३ बाट

काठमाडौं, २३ माघ । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीको सेयरमा दुई बराबर एकको अनुपातमा आवेदन आह्वान गरेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । उक्त हकप्रदमा आगामी फागुन १३ गतेदेखि चैत्र १८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।
गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *