Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अनौठो जिमखाना, जहाँ सुन्दर युवतीहरुसँग कुस्ती खेल्नुपर्छ

अनौठो जिमखाना, जहाँ सुन्दर युवतीहरुसँग कुस्ती खेल्नुपर्छ

बेलायतमा एउटा जिमखाना यस्तो पनि छ, जुन दुनियाँका अरु सबै जिमखाना भन्दा फरक छ । उक्त जिमखानामा व्यायाम गर्न जाने पुरुषहरु त्यहाँ रहेका पेशेवर कुस्तीवाज युवतीहरुसँग कुस्ती खेल्नुपर्दछ । अचम्मको कुरा त के भने युवतीहरुसँग कुस्ती खेल्नका लागि पुरुषहरुले भटाभट रकम खर्चिरहेका छन् ।

जिमखाना धाउने पुरुषहरु युवतीहरु सँग कुस्ती खेल्न पाउँदा मख्ख पर्छन् । कुस्तीमा जित्ने उनीहरुको मनसाय हुँदैन, हारे पनि फरक पर्दैन । मात्र कुस्तीवाज महिलाहरुको जिउले थिचिनुनै उनीहरुको लागि सबैभन्दा ठूलो व्यायाम बन्दछ । त्यसैले कतिपय पुरुष ग्राहकहरु युवतीहरुसँग कुस्ती खेल्न र युवतीहरुको लछारपछार सहन मात्रै पनि त्यहाँ पुग्दछन् ।

जिमखाना जाउने पुरुषहरु कुस्तीका लागि मनपर्ने युवती छान्न पाउँछन् । साथै कुस्ती खेल्ने युवतीको कपडा छनोट गर्ने अधिकार पनि ग्राहककै हुन्छ । युवतीले छोटो कपडा लगाउनुपर्ने माग राख्न पनि पाउँछन् । बिकिनी लगाउनुपर्ने माग पनि गर्दछन् ।

उक्त जिमखानाका मालिक पिप्पा आफैं पनि पेशेवर कुस्तीवाज हुन् । आफ्नो फरक शैलीको व्यायामशाला व्यवसायप्रति उनी गम्भीर छन् र अझै अघि बढाउने सोँचमा छन् । हरेक हप्ता आफ्नो जिमखानामा १५र२० जना जति ग्राहक आउने उनी बताउँछन् । एकचोटी उक्त जिमखानामा गएर युवतीहरुसँग कुस्ती खेल्नका लागि डेढसय पाउण्ड अर्थात् झण्डै २० हजार रुपैयाँ तिनुपर्दछ ।

उक्त जिमखानामा १९ देखि ७० वर्षसम्मका ग्राहक आउने गरेका मालिक पिप्पा बताउँछन् । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Read also x