Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दोहा बैंकबाट लक्ष्मी बैंकले लियो २ करोड डलर ऋण

दोहा बैंकबाट लक्ष्मी बैंकले लियो २ करोड डलर ऋण

काठमाडौं, ८ असार । नेपाली बैंक तथा वित्तिय संस्थाहरुले विदेशी वित्तिय संस्थाहरुबाट ऋण लिने क्रम बढेको छ । सुरुमा एनएमबी बैंकले विश्व बैंक समूहको अन्तर्राििष्ट्रय वित्त निगम (आइएफसी) बाट ऋण लिएकोमा अहिले यो क्रम बढेको छ । आइएफसीका अतिरिक्त दोहा बैंक, युएईले नेपाली बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण दिइरहेको छ । दोहा बैंकसँग लक्ष्मी बैंकले हालै २ करोड अमेरिकी डलर ऋण लिने भएको छ । ऋण लिने उक्त सहमतिसम्बन्धि सम्झौतापत्रमा लक्ष्मी बैंकका सीईओ अजयबिक्रम शाह तथा दोहा बैंकका नेपाल प्रतिनिधि सुरज विक्रम शाहीले हस्ताक्षर गरेका छन् । यसअघि फ्रब्रुअरी महिनामा मेगा बैंकले पनि दोहा बैंकसँग ऋण लिएको थियो ।
लक्ष्मी बैंकले प्राथमिकताका क्षेत्रमा लगानी गर्न तीन वर्षका लागि उक्त ऋण लिएको हो । पछिल्लो समय सानिमा बैंक र ग्लोबल आइएमइ बैंकले पनि आइएफसीसँग ऋण लिन पहल गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x