Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चिनीको स्टक रित्तिएपछि व्यापारीले खुद्रा मूल्य बढाए

चिनीको स्टक रित्तिएपछि व्यापारीले खुद्रा मूल्य बढाए

काठमाडौं, २९ असार । चिनीको आन्तरिक स्टक रित्तिएसँगै व्यापारीहरुले खुद्रा मूल्य बढाउन थालेका छन् । चिनीको खुद्रा मूल्य ८५ रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री भैरहेको छ । खुद्रा व्यापारीहरुले थोक खरिद गर्दा नै मूल्य बढेको उल्लेख गरेका छन् । दुई वर्षअघि सस्तो चिनी नेपाल भित्रिएर नेपाली उद्योगीको उत्पादन बिक्री नभएपछि नेपालका सुगर मिलहरुले उत्पादन घटाएका छन् । १२ओटा सुगर मिलको उत्पादन क्षमता वार्षिक ४ लाख ५० हजार टन भएपनि २ लाख टन मात्र उत्पादन गरेका छन् ।

नेपाली बजारमा वार्षिक साढे दुइ लाख टन चिनी खपत हुने गरेको अनुमान छ । चिनीको स्टक रित्तिएपछि सरकारले आयातका लागि साल्ट ट्रेडिङ कम्पनी लिमिटेड तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिन लागेको छ । चिनी आयात गर्दा ४० प्रतिशत भन्सार लाग्ने भएपनि सरकारले यिनीहरुलाई सुविधा दिएर २० प्रतिशत भन्सारमा आयात गर्न दिने भएको छ । खासगरी दशैं, तिहार र छठ जस्ता चाडपर्वमा बढी चिनी खपत हुने भएकाले त्यसअघि नै आयात भैसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x