Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २९ असार । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । गत कारोबार दिन ९ अंकले वृद्धि भएको नेप्से परिसूचक आज २.१२ अंकले वृद्धि भई १३४२.४० विन्दुमा रोकिएको हो ।

आज पनि १ अर्ब ८ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । आइतबारको तुलनामा आज शेयर कारोबारमा ३ करोड रुपैयाँले कमी आएको हो । आइतबार १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । लकडाउन पश्चात आज सबैभन्दा बढि कम्पनीको शेयर कारोबार भएको छ । १८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर खरिद विक्र भएको हो ।

५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
सोमबार ५ वटा कम्पनीको शेयर मूल्य अत्याधिक वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशत वृद्धि भएको हो । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर मूल्य ६२ रुपैयाँ वृद्धि भई ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिशेयर मूल्य एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० रुपैयाँ वृद्धि भई ४४० रुपैयाँ, सानिमा बैंक लिमिटेड डिभेन्चरको ९६ रुपैयाँ वृद्धि भई १०५६ रुपैयाँ, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६५ रुपैयाँ वृद्धि भई ७१७ रुपैयाँ र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ९६ रुपैयाँ वृद्धि भई १०६५ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १८४ कम्पनीमध्ये ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ । अत्याधिक शेयर मूल्य घट्नेमा ओरियन्टल होटल लिमिटेड रहेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य २० रुपैयाँ घटेर ३०६ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । परिसूचक घट्नेमा होटल समूह १.१२ प्रतिशत, वित्त समूह ०.६ प्रतिशत, अन्य समूह ०.५१ प्रतिशत र जीवन बीमा समूह ०.६६ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक वृद्धि म्यूचुअल फण्ड समूहको २.०४ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x