Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिशुली नदीमा डुबेको जिपबाट सिंचाई सचिब यादवको शव निकालियो

त्रिशुली नदीमा डुबेको जिपबाट सिंचाई सचिब यादवको शव निकालियो

काठमाडौं, २७ माघ । धादिङको सलाङघाटमा दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको थियो ।
सचिव यादवको शव त्रिशूलीमा डुबेको जिपबाट निकालिएको हो । जिपमै सिट बेल्ट बाँधिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिपमा सवार यादवका छोरा सञ्जय र उनका आफन्त १५ वर्षीया उन्नति गुप्ता भने अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
गाडी चालक निराजन यादवलाई भने उद्धार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x