Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

साताको शेयर : ६३.६७ अंकको बृद्धि, झन्डै साढे पाँच अर्बको कारोबार

साताको शेयर : ६३.६७ अंकको बृद्धि, झन्डै साढे पाँच अर्बको कारोबार

काठमाडौं, ३ साउन । यो साता शेयर बजार परिसूचक ६३.६७ अंकले उकालो लागेको छ । अघिल्लो साता १३३१.१० विन्दुमा रहेको परिसूचक यो साताको अन्तिम दिन १३९४.७७ विन्दुमा पुगेको छ ।

गत साता बजार निरन्तर बढेको छ । बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता हुँदा लगानीकर्ताहरुले शेयरमा लगानी बढाएको जानकार बताउछन् । त्यसले गर्दा एक सातामा ५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पाँच कारोबार दिनमा एक दिन बाहेक अरु सबै दिन एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै यो साता सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x