चक्रपथ निर्माणको काम तीब्र 

काठमाडौं, २८ माघ । उपत्यकाको चक्रपथ सुधार अन्तर्गत कलंकी –कोटेश्र सडक विस्तारकार्य अहिले तीब्र रुपमा भइरहेको छ । अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम भइरहेको बताइएको छ ।

हाल कालोपत्रे गर्ने, पर्खाल लगाउने, माटो पन्छाउने तथा सम्याउने र दायाँबायाँ ढल बनाउने लगायतका कार्यहरु भईरहेको छ । तर निमार्णकार्यमा भएको ढिलाईसंगै सडक  वरिपरिका वासिन्दाका साथै सडक प्रयोगकर्ताले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । बर्षादमा हिलो र हिउँदमा धूलोका कारण दैनिक आवतजावत गर्न समस्या परेको सर्वसाधारणको गुनासो छ ।

अत्याधिक सवारी जाम र चापका कारण दुर्घटनाको डर समेत हुने गरेको स्थानियहरुको भनाइ छ ।  ६ महिना भित्र निमार्णकार्य पुरा गर्ने लक्ष्य राखिएपनिकामको गति हेर्दा समयमै सकिनेमा स्थानीय विश्वस्त छैनन् ।

१०.४ किलोमिटर लम्बाईको सो सडक झण्डै ४ बर्ष अघि सुरु भएको हो । नेपाल सरकार र चिनिया कम्पनी संघाइ कन्स्टक्सन ग्रुप बिच ४० महिना भित्र निर्माणकार्य पुरा गर्ने सम्झौता भएको थियो । तर आएको भूकम्प, भारतीय नाकावन्दीका कारण  निर्माणकार्यमा ढिलाई भएको र अबको ५ महिना भित्र निमार्ण कार्य सम्पन्न गर्ने ललितपुर डिभिजन सडक कार्यालय तथा चक्रपथ सुधार आयोजनाका इन्जिनियर प्रकाश भण्डारीले जानकारी दिए ।

 

चक्रपथ विस्तार अन्तर्गत कलंकी–कोटेश्र सडक निर्माणमा १०० जना नेपाली कामदार र ६० जना चिनिया कामदारले काम गरिरहेका छन् । उक्त क्षेत्रमा खसीबजार, बल्खु,,बागमती र मनहरा गरी ४ पुल रहेका छन्। अहिले सम्म सो सडक खण्डमा ९ वटा आकासे पुल मध्ये ३ वटा आकासे पुल मात्र बनेको र ६ वटाको निर्माण कार्य भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *