मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’
काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकको उक्त योजनामा न्यूनतम ब्याजदर रहेको, ४८ कार्य घण्टा भित्रकर्जा स्वीकृति गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट दिइने र एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने उल्लेख छ । यस्तै कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशतमात्र, विनासुरक्षण शुल्कमा लकरको सुविधा रहेको बैंकले विज्ञप्तिमार्फ जानकारी दिएको छ ।
साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ साउन मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छूट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ्गलगायत सेवाहरु समेत बैंकले दिँदै आएको छ ।