Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

मौज्दात घटेपछि खाद्य व्यवस्थाले गर्‍यो चौथोपटक बोलपत्र, १० हजार मेटन चामल खरिद गरिँदै

मौज्दात घटेपछि खाद्य व्यवस्थाले गर्‍यो चौथोपटक बोलपत्र, १० हजार मेटन चामल खरिद गरिँदै

काठमाडौं, ८ साउन । मौज्दात घट्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिकटन (मेटन) चामल खरिद गर्ने भएको छ । यसअघि कम्पनीले चामल आपूर्तिका लागि चैतदेखि तीनपटकसम्म टेन्डर आह्वान गरे पनि कुनै कम्पनीले आवेदन दिएका थिएनन् । चौथोपटक आह्वान गरिएको टेन्डरमा विभिन्न ६ ओटा कम्पनीले चामल खरीदका लागि बोल पेश गरेका छन् ।
सम्बन्धित कम्पनीले १५ दिनभित्र सम्झौता गर्न आउन भनिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेको भनाइ छ । सम्झौता बमोजिम चामल खरिद गर्ने कम्पनीहरूले २ महीना समय पाउनेछन् ।
देशमा आइपर्ने प्राकृतिक महामारी लगायत समस्याका लागि सरकारी कम्पनीले करिब ३३ हजार मेट्रिकटन चामल अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान छ । तर सो कम्पनीको मौज्दात घट्दै गएको छ । हाल कम्पनीसँग धान, चामल र गहुँ सहित करीब १४ हजार मेट्रिकटन, कर्णालीको सिमी ४ सय ७० क्विन्टल, केराउ ५० क्विन्टल, मुसुरोको दाल १० क्विन्टल, रहर दाल ४० क्विन्टल र घिउ ६ सय ३ लिटर मौज्दात रहेको बताइएको छ । कोरोना संक्रमणका कारण कम्पनीको खरिदकार्यमा समस्या भएको र अघिल्ला वर्षहरूको तुलनामा विक्री बढेकाले पनि मौज्दात घटेको कम्पनीको भनाइ छ । गत आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीबाट २ लाख ६२ हजार क्विन्टल खाद्यान्न विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *