Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सार्वजनिक निष्काशन स्वीकृत प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी नगर्न बोर्डको आग्रह

सार्वजनिक निष्काशन स्वीकृत प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी नगर्न बोर्डको आग्रह

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन स्वीकृत प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी नगर्न आग्रह गरेको छ । बोर्डले एक सूचना जारि गरी पछिल्लो समय विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशनले विश्वभरका नेपाली लगानीकर्तालाई शेयरमा लगानी गर्न जारी गरेको सूचनाप्रति ध्यानाकर्षण जनाउदै त्यसमा सचेत हुन नेपाली लगानीकर्तालाई आग्रह गरेको हो ।

नेपालबाट कानुनी रुपमा नेपाल बाहिर लगानी गर्न नमिल्ने व्यवस्था रहेका बेला सगुनले नेपालबाट लगानी जुटाउन खोजेको भन्दै बोर्डले त्यो अवैध रहेको जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ९१० मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ ९१० मा संगठित संस्थाले एकपटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।

बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *