Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

यो वर्ष जनै पूर्णिमामा बागलुङको बराह मन्दिरमा मेला तथा पुजापाठ नहुने

यो वर्ष जनै पूर्णिमामा बागलुङको बराह मन्दिरमा मेला तथा पुजापाठ नहुने

बागलुङ , १४ साउन । यसबर्षको जनै पूर्णिमामा बागलुङ ढोरपाटनको बराह मन्दिरमा मेला तथा पुजापाठ नहुने भएको छ । मेला तथा पुजापाठ लगाउँदा मानिसहरुको भिडभाड बढ्ने र त्यसले कोरोना जोखिम थप बढाउने हुँदा मेला तथा पुजापाठ नगरिने ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

कोरोना प्रकोपबाट बच्न र बचाउन सबै नागरिक सचेत हुन आवश्यक रहेको भन्दै प्रमुख नेपालीले यो पटक मेला तथा पुजापाठ नलगाउन पनि सबैलाई आग्रह गरे । समुदाय स्तरमा भने सामाजिक दूरि कायम गर्दै परम्परा अनुसार आफ्नो तर्फबाट पुजापाठ गर्न सक्ने बताए ।

गत वर्षहरुमा ढोरपाटनको बराह मन्दिरमा हरेक वर्षको बैशाख पूर्णिमा र जनैपूर्णिमामा ठूलो लाग्ने गर्दथ्यो । मेला भर्न बागलुङ, प्युठान, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु आउने गर्दथे ।

त्यस्तै, ईलाका प्रशासन कार्यालय बुर्तिवाङका प्रमुख लोक बहादुर कँवरले यसबर्षको मेला लाग्ने, नलाग्नेबारे आफूलाई जानकारी आइनसकेको बताए । मेलाको लागि मुल आयोजक समिति स्विकृती लिन नआएको पनि उनले जानकारी दिए । उता जनैपूर्णिमा मेला मुल आयोजक समितले (सामाजिक सञ्जाल फेसबुक) मार्फत भने पुजापाठको लागि मन्दिर खुला गरिएको जानकारी दिएको छ।

यस अघि वडा अध्यक्ष हरिबहादुर घर्तिले भने मेला नहुने जानकारी गराएका छन् । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार सबै जिल्ला प्रशासन कार्यालयमा कोभिड—१९ (कोरोना भाइरस) को जोखिमका कारण कुनैपनि मेला महोत्सव, पुजापाठ बन्द गर्न विज्ञप्ति नै जारि गरि निर्देशन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x