महासंघको कार्यकारिणी समितिको बैठक साउन २१ का लागि बोलाईयो
काठमाडौं, १५ साउन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठक साउन १ गतेका लागि बोलाइएको छ। महासंघको ५४औं साधारणसभाको अन्योलताकै बीच कार्यकारीणी समितिको बैठक बोलाएको हो ।
पटक–पटक साधारण सभाको मिति स्थगित भएपछि अब कसरी अघि बढ्ने भन्ने बारे छलफलका लागि बैठक बोलाइएको बताइएको छ।
यसअघि महासंघको साधारणसभा साउन २६ र २७ गतेका लागि मिति तय गरेको थियो । तर, कोरोनाको त्रासकै कारण अनिश्चितकालका लागि स्थागित गरिएको छ।