दोस्रो एग्रिटेक इन्टरनेशनल एक्सपो फागुन ३ गते देखि

काठमाडौं, २९ माघ । आउँदो फागुन ३ देखि ६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्सपो हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फिचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा हुन लागेको उक्त कृषि एक्सपोमा कृषि क्षेत्रमा उपलब्ध प्रविधिको प्रदर्शनी गरिने छ ।

एक्स्पोमा नेपाल, चीन , भारत सहित १० राष्ट्रका १२० भन्दा बढी प्रदर्शनीकर्ताले आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग एवं पशुपालन उद्योग सम्बन्धि विभिन्न प्रविधिहरुको प्रद्र्धशनी गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रर्दशनीमा कृषि ,पशुपालन, माछापालन, कुखुरापालन जस्ता विषयमा विभिन्न विज्ञहरुद्धारा गोष्ठी समेत संचालन गरिने छ । एक्सपोको निःशुल्क अवलोकनको ब्यवस्था मिलाएको आयोजकले जानकारी दिएको छ । एक्स्पो चार दिन सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *