Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक ६.६१ अंक घटेसँगै शेयर कारोबारमा २८ करोड कमी

नेप्से परिसूचक ६.६१ अंक घटेसँगै शेयर कारोबारमा २८ करोड कमी

काठमाडौं, २७ साउन । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६१ अंकले घटेर बन्द भएको छ । गत कारोबार दिन (सोमबार) ३७.७४ अंक वृद्धि भएको परिसूचक आज ०.४६ प्रतिशत घटेर १४२३.८१ विन्दुमा ओर्लिएको हो । हिजो परिसूचक १४३०.४१ विन्दुमा रोकिएको थियो ।

१९० कम्पनीको २५ हजार ७७१ पटको कारोबारमा ३६ लाख ३० हजार ८४५ कित्ता शेयर १ अर्ब २७ करोड १७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिजोको तुलनामा यो कारोबार रकम २८ करोड रुपैयाँ कमी हो । हिजो १ अर्ब ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीलको अन्तिम शेयर मूल्य ५६४ रुपैयाँ कायम भएको छ । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९.८० प्रतिशत घटि १८४ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये म्यूचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटल समूह रहेको छ । यो समूहको परिसूचक २.७८ प्रतिशत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x