Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कम्पनी रजिस्ट्रारको सबै काम अब अनलाइन मार्फत

कम्पनी रजिस्ट्रारको सबै काम अब अनलाइन मार्फत

काठमाडौं, २९ साउन । कम्पनी रजिस्ट्रार कार्यालयले दिने सबै सेवा अब पूर्णरूपमा अनलाइन मार्फत हुने भएको छ । भदौ १ गतेदेखि लागू हुनेगरी कार्यालयले आफ्ना सबै सेवा अपग्रेड गर्दै अनलाइन प्रणालीबाट प्रवाह गर्न लागेको हो । कार्यालयले पहिलोपटक २०७० देखि अनलाइन सेवा शुरू गरेको थियो ।
कम्पनी ऐन २०६३, अनुसार दर्ता भएका सबै कम्पनीलाई अनलाइन प्रक्रिया अनिवार्य गरिएको कार्यालयले जानकारी दिएको छ । अब कार्यालयमा दर्ता हुने नयाँ कम्पनीले दर्ताका लागि सम्पूर्ण कागजात र विवरण अनलाइन मार्फत पेश गर्नुपर्ने उल्लेख छ । यसअघि कार्यालयमा दर्ता हुने कम्पनीको छुट्टै फाइल बनाइने गरिएको थियो ।
अनलाइन सेवा पूर्ण कार्यान्वयनमा लगिएसँगै कम्पनीका सबै विवरणको विद्युतीय अभिलेख राखिने र सोही अनुसार काम गरिने कार्यालयका प्रवक्ता एवं उप–रजिस्ट्रार तुलसीराम गैरेले जानकारी दिएका छन् । यस्तै भदौदेखि नयाँ–पुराना सबै कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन अनिवार्य रूपमा अनलाइन मार्फत नै बुझाउनुपर्ने उनले बताए ।
अब नयाँ कम्पनी स्थापना गर्न र कार्यालयमा दर्ता भएका २ लाख ३७ हजार कम्पनीको विवरण हेर्न, अद्यावधिक गर्न, दर्ता भएका कम्पनीको प्रबन्धपत्र, कम्पनीका सञ्चालकका नामावली, पूँजी संरचना तथा ऐनसँग सम्बन्धित अधिकांश सेवा प्रवाह चुस्त र सहज हुनेछ । सेवा छिटो छरितो हुने र वेबसाइट मार्फत सेवा पाउने भएपछि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ता समेत आकर्षित हुने कार्यालयको अपेक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x