Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

काठमाडौं, १ भदौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा पmोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यस अभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक रुपैयाँ छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । भदौ १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x