Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हिमालयन बैंक लिमिटेडको आकर्षक नगद फिर्ता योजना

हिमालयन बैंक लिमिटेडको आकर्षक नगद फिर्ता योजना

काठमाडौं, ३ फागुन । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (POS) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल (POS) मेशिनबाट सामान खरिद गर्दा ५% र अनलाइन बाट सामान खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि एइक् मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको POS मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x