Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

औषधिको माग तथा विक्री घट्यो, स्यानिटाइजरको बढ्यो

औषधिको माग तथा विक्री घट्यो, स्यानिटाइजरको बढ्यो

काठमाडौं, ७ भदौ । कोरोना महामारीका कारण अस्पतालहरूमा बहिरंग सेवा बन्द हुँदा नेपालमा औषधिको माग प्रभावित भएको छ भने स्वास्थ्य सुरक्षाको अत्यावश्यक साधन मानिएको स्यानिटाइजरको विक्री बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ४ महिनासम्म जारी लकडाउन, अस्पतालका बहिरंग सेवा बन्द हुनु र निजीस्तरका क्लिनिकहरू समेत बन्द भएकाले समग्र औषधिको माग तथा विक्री प्रभावित भएको व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार औषधि माग पहिलेको तुलनामा आधाभन्दा बढीले ह्रास आएको छ । अहिले मुख्यतः घाउचोटमा प्रयोग हुने, छाला रोग, दुखाइ घटाउने र एन्टिबायोटिक औषधिको माग घटेको छ । एन्टिबायोटिकको विक्री ४० प्रतिशतसम्म घटेको औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहाल बताउँछन् ।
यस्तै दीर्घकालीन रोगबाहेक अन्य औषधिको माग घटेको नेपाल मेडिकल व्यवसायी संघले बताएको छ । अस्पतालहरूका बहिरंग सेवा र क्लिनिक प्रभावित हुँदा औषधिको माग घटेको औषधि व्यवसायी संघका पूर्वअध्यक्ष पारस बरालको भनाइ छ । नेपालमा कोरोना संक्रमण शुरू भएयता अस्पताल जाने बिरामीको संख्या ७० प्रतिशतले कमी आएको बताइएको छ, जसले गर्दा स्वाभाविक रूपमा औषधि विक्री घट्न पुगेको छ । बजारमा माग घटेपछि औषधि उत्पादन ३० देखि ४० प्रतिशतसम्म झरेको व्यवसायीले बताएका छन् ।
औषधिको माग र विक्री घटे पनि स्यानिटाइजरको विक्री भने ह्रवात्तै बढेको छ । कोरोना संक्रमण शुरू भएयता नेपालमा स्यानिटाइजर बजारको ५० करोड रुपैयाँ बराबर पुगिसकेको सम्बन्धित उद्योगीहरू अनुमाने छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा भारत र चीनबाट मात्रै रू. २४ करोड ५४ लाख बराबरको ५ लाख ३० हजार लिटर स्यानिटाइजर आयात भएको छ ।
बजार मागमा वृद्धि भएपछि अहिले विभिन्न स्वदेशी औषधि उद्योगहरूले समेते उत्पादन शुरू गरेका छन् । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दाहालका अनुसार हाल स्वदेशी ३० ओटा औषधि उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन् । कोरोना संक्रमण बढेसँगै चीन र भारतले अन्य उपचार सामग्री सहित स्यानिटाइजर निर्यातमा बन्देज लगाएपछि नेपालमै उत्पादन थलिएको हो । औषधि व्यवस्था विभागका अनुसार गत चैतयता देशका ४० ओटा उद्योगले स्यानिटाइजर उत्पादनको अनुमति लिएका छन् । सरकारले २०७४ जेठमा प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका बनाएर स्यानिटाइजर उत्पादन सहज बनाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x