आगामी दिनमा भुवो संरक्षण गर्दै जाने छौँ
पुस २७,कैलाली
सुर्मा देवि बझाङ्गी समाज उपसमिती जुगेडाले आयोजना गरेको भुवो कार्यक्रम बुधबार जुगेडामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिती तथा सुर्मा देवि बझाङ्गी समाजका अध्यक्ष दिल बहादूर खातीले भुवोको संरक्षण गर्न सुर्मादेवि समाजले विगत देखि नै भुवो तथा भस्सो कार्यक्रम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि भुवो कार्यक्रम गर्दै जाने जानकरी दिए ।
सो अवसरमा सुर्मा देवि बझाङ्गी समाजका कोषध्यक्ष हृदय पुजाराले पछिल्लो समयमा यूवा पुस्ता पनि भुवो तथा भस्सो कार्यक्रममा एकदमै आकर्षित भएको जानकारी दिए । सौ उनले सदुरपश्चिमका पहाडी जिल्ला बझाङ अछाम, डोटी, र बाजुरामा खेलिने भुवो अहिले कैलालीका धनगढी जुगेडा लगायत अन्य स्थानमा खेलिने गरिएको बताए ।
सुर्मा देवि समाज जुगेडा उपसमितीका अध्यक्ष गोरख बहादूर सिहको सभापतित्वभा भएको भस्सो कार्यक्रम पुस १४ गते देखि सुरु भएको थियो ।
सुर्मा देवि बझाङ्गी समाजका महासचिव दिर्घराज जोशी, स्थानिय प्रतापसिह बिष्ट, नरेन्द्र बहादूर हमाल, प्रेमकला सोप लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा भुवो कार्यक्रमलाई सहयोग गरेवाफत केहि व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
पुसे औशीका दिन देखि पुर्णिमा सम्म हुने भुवो खेल प्राचिन कालमा कौरब र पाण्डवको युद्ध पश्चात पाण्डवको विजय उत्सवको उपलक्ष्यमा खेल्ने गरिएको आयोजकले जानकारी दिएको छ ।