Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सीडीएससीको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

सीडीएससीको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

काठमाडौं, ८ भदौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सोमबार बसेको बैठकले आचार्यलाई आफ्नो सहायक कम्पनी सिडिएससीको सीईओ बनाएको हो ।

छनोट समितिले आचार्य, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस गरेको थियो । आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्।

पूर्व सीईओ देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सीडीएस नेतृत्वविहिन थियो । सिडिएससीले गएको असार १६ गते सीईओको लागि आवेदन माग गरेको थियो। त्यसमा सात जनाको आवेदन परेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x