Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ सम्म लम्ब्याइने, १७ पछि आन्तरिक उडान खोलिने

उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ सम्म लम्ब्याइने, १७ पछि आन्तरिक उडान खोलिने

काठमाडौं, १० भदौ । जिल्ला प्रशासनले उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ सम्म लम्ब्याउने भएको छ । उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो। यसअघि एक साताका लागि लगाइएको निषेधाज्ञा आज (बुधबार) सकिदैंछ र प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा थप्ने निर्णय पनि आज नै हुनेछ ।
त्यस्तै, भदौ १७ पछि भने आन्तरिक उडान पनि खुला गरिने भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ गते पछि हुने नियमित उडानको बेला अपनाउनु पर्ने नियमहरु सार्वजनिक समेत गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *