वाम गठबन्धनको आर्थिक सम्बृद्धिको खाका
काठमाडौं, ५ माघ । वाम गठबन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई आज अन्तिम रुप दिँदैछ । एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा गठित कार्यदलले सरकारको प्राथमिकताहरु निर्धारण गर्न लागेको हो ।
प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका थिए । कार्यदल सदस्य एवं अर्थविद् डा युवराज खतिवडाले सरकार गठनअघि नै बुझाउनुपर्ने भएपनि ढिलाई भएकाले आज अन्तिम रुप दिइने जानकारी दिए । सो कार्यदलले अघिल्लो सरकारले गरेका केही निर्णयलाई खारेजी गर्न सुझाव दिने बताएको छ ।
सरकारी कामको प्रक्रिया लम्बिनुमा सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो भएको निश्कर्ष निकाल्दै कार्यदलले यसको अवघि छोट्याएर फास्ट ट्रयाकमा काम गर्ने खालको विधी बनाउनुपर्ने निश्कर्ष निकालेको छ । यस्तै सहकारीको अधिकार बढाउनुपर्ने, पछिल्लो शिक्षा ऐनले निजी विद्यालयलाई बढी प्राथमिकता दिएकाले अब सहकारी विद्यालयलाई पनि प्रर्वद्धन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।