Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुलुक संघीतामा गएसँगै विज्ञापन बजारमा नयाँ अवसर, बजार हिस्सा बढ्ने अनुमान

मुलुक संघीतामा गएसँगै विज्ञापन बजारमा नयाँ अवसर, बजार हिस्सा बढ्ने अनुमान

मानमती पाण्डेय

काठमाडौं, ७ फागुन । नेपाल विज्ञापन संघ (आन) का अनुसार नेपालमा वार्षिक साढे ५ अर्ब रुपैयाँ विज्ञापन हुने गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै विज्ञापन उद्योगको बार्षिक कारोबार थप तीन अर्वले बढ्ने अनुमान आनको छ ।

सुचना र प्रविधिमा आएको नयाँ परिवर्तनसँगै विज्ञापन उद्योगले पनि नयाँ सोच र व्यवहार लागु गर्नुपर्ने आनका प्रथम उपाध्यक्ष नारायणकुमार श्रेष्ठले बताए । उनले आधुनिकरण सँगै भइरहेको चरम प्रतिस्प्रर्धामा विज्ञापन उद्योगले उपभोक्ताको चाहना अनुरुप बजार अनुसन्धान र उत्पादनको बजार अवस्था बुझी मोफोसलका विज्ञापनहरुलाई पनि एकबद्ध गरी अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले मुलुक संघीय संरचनामा गएसँगै विज्ञापन बजार थप बढेर ८ अर्ब रुपैयाँ पुग्ने अनुमान समेत गरे ।

यसैगरी उपाध्यक्ष श्रेष्ठले विज्ञापन व्यवसायी नबढे प्रोडक्ट बजारीकरण नहुने भन्दै विज्ञापन व्यवसायमा मिडिया, विज्ञापन व्यवसाय र विज्ञापनदाता तीनै पक्ष विच बलियो सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । त्यस्तै एजेन्सी, एजेन्सी विच अस्वस्थ प्रतिस्प्रधा भइरहेका बेला विभिन्न सँस्थाहरुसंग अन्र्तक्रिया, गोष्ठि लगायतका कार्यक्रम गरी व्यवसायप्रतिको परनिर्भरता हटाउन आवश्य रहेको उनले बताए ।

आनलाई पनि संघीय संरचना अनुसार विकास गर्न संघको विधान संशोधन गर्ने तयारी भइरहेको छ । साथै सातै प्रदेशमा कमिटी गठन गरी छाता संगठनलाई विस्तार गर्ने योजना बनाएको जानकारी दिए। हाल ३८० विज्ञापन एजेन्सी आन सँग आवद्ध छन् । नेपाल सरकारले क्लिनफिड नीति अपनाए विज्ञापन व्यवसाय अझ फस्टाउन जाने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x