Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

वर्ल्डलिङ्कले विदेशी लगानी थप गर्ने

वर्ल्डलिङ्कले विदेशी लगानी थप गर्ने

काठमाडौं, ३१ भदौ । वर्ल्डलिङ्कले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने घोषणा गरेको छ । स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए ।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई छ । सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x