नेपाल बैंकको विशेष साधारणसभा असोज १९ मा
काठमाडौं, २ असोज । नेपाल बैंकले असोज १९ गते विशेष साधारणसभा आह्वान गरेको छ । साधारण सभा अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।
बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने भएको छ । यही प्रस्ताव पारित गर्न विशेष सभा बोलाइएको हो । हाल सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक रहेकामा अब बढाएर ३ जना पुर्याइने बताइएको छ।
सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्दैछ ।