डिजिटल नेपाल कार्यान्वयन
संगीता पहाडी
निर्देशक, नेपाल टेलिकम
सरकारले सम्पूर्ण नेपालीलाई सूचना र प्रविधिसँग जोड्न खोजेको छ । यसरी प्रविधिसँग सबै नेपाललाई जोड्ने परिकल्पनालाई डिजिटल नेपाल भनिएको हो । यसले दूरदराजमा भएका सर्वसाधारणलाई प्रविधिको पहुँचमा पु¥याउने परिकल्पना गरेको छ । यसलाई सरल भाषामा भन्दा मोबाइल आउनुभन्दा पहिला गाउँगाउँमा लाइनवाला फोन थिए । त्यो पनि निश्चित ठाउँमा २÷३ घण्टा हिँडेर बल्ल मानिसले फोनमा कुरा गर्न पाउँथे । मोबाइल आएपछि सबैको हातहातमा जसरी मोबाइल बोक्ने प्रचलन शुरू भयो, त्यसले गर्दा हरेक मानिसको एक व्यक्तिबाट अर्काे व्यक्तिसँग फोन (आवाज)बाट सम्पर्क हुन थाल्यो ।
अर्काे चरणमा इन्टरनेट आएपछि मोबाइल डेटाबाट विविध खालका काम हुन थाले । डिजिटल नेपाल भनेको हरेक व्यक्तिलाई सूचना प्रविधि उसको हातहातमा उपलब्ध गराउनु हो । यसमा शुरू चाहिँ भ्वाइसबाट हुन्छ । त्यसपछि डेटा र उसको पहुँचमा बैंक हुन्छ । बैंकको पहुँच भएपछि बत्ती, पानी, बिजुली लगायतको बिल घरबाटै तिर्न सक्छ । यसले एउटा स्थानबाट अर्काे स्थान, एउटा गाउँबाट अर्काे गाउँ र एउटा देशबाट अर्काे देशको गतिविधिसँग जोड्ने काम गर्दछ । समग्रमा भन्दा विश्वलाई एउटै प्लेटफर्ममा ल्याउनु डिजिटल नेपालको परिकल्पना हो ।
आजभन्दा करिब २५ वर्ष अगाडि नेपालमा मोबाइल आएसँगै डिजिटल नेपालले गति लियो । वि.सं. २०५६ सालदेखि मोबाइल फोन नेपालमा भित्रिएको हो । डिजिटल नेपालको शुरुवात पनि त्यही समयदेखि अलि बढी भएको पाइन्छ । किनभने त्योभन्दा अगाडि फोनमा मात्र कुरा गरिन्थ्यो । मोबाइल फोन आएपछि सञ्चार सबैको हातहातमा भयो । यसले एक व्यक्तिबाट अर्काे व्यक्तिसँग जतिबेला मन लाग्यो, त्यति बेला सजिल्यैसँग ‘भ्वाइस’मा कुरा गर्न सकियो । त्यसपछि मोबाइलमा ‘डेटा सर्भिस’ आयो । डेटा सर्भिससँगसँगै इन्टरनेट कनेक्ट भयो । इन्टरनेट कनेक्ट भएसँगै पहिला जुन हुलाक कार्यालय थिए, अहिले तिनीहरू पहिले जस्तो सक्रिय छैनन् । इन्टरनेटको माध्यमबाट गरिने ईमेलको पहुँच बढ्न थालेपछि हुलाक कार्यालयको सक्रियता कम हुँदै गएको हो । पहिले चिठीपत्र आदान प्रदान गरिन्थ्यो । अहिले ईमेल वा स्क्यान गरेर पठाउन सकिन्छ । यसरी हेर्दा डिजिटलाइजेसनको विकासले सूचना प्रवाहलाई सहज बनाएको छ ।
फाइदा
सूचना प्रविधिको पहुँच सबैको हातहातमा पुग्दा सबैलाई फाइदा नै भएको छ । फोनमा पैसा सकियो भने काउन्टरमा नगई घरमै बसेर मोबाइल बैंकिङमार्फत रिचार्ज गर्न सकिन्छ । पहिला फोनमा पैसा सकियो भने काउन्टरमा गएर पैसा तिरेर मात्र रिचार्ज गर्न सकिन्थ्यो । तर, अहिले त्यस्तो छैन । अझ अहिले त बजारमा पाइने सामान समेत कार्ड प्रयोग गरेरै खरिद गर्न सकिन्छ । प्रविधिको प्रयोग मानिसलाई समयको बचतसँगै अन्य कामका लागि सहज माध्यम भएको छ ।
हाम्रो जस्तो कृषिप्रधान देशमा किसानलाई प्रशिक्षण पनि फोनबाटै दिन सकिन्छ । किसानलाई आफ्नो उत्पादन बढाउन कुनै पनि प्रशिक्षण केन्द्रमा गएरै शिक्षा लिनुपर्छ भन्ने छैन । प्रविधिको क्षेत्रमा समावेश भई त्यहाँबाट विज्ञहरूसँग सीधा कुरा गर्न सकिन्छ । इन्टरनेटको सहायतामा कृषकले के विषयमा जान्न खोजेको हो, खोज्ने बित्तिकै सामग्री उपलब्ध हुने र आफूलाई आवश्यक सामग्री सहजै प्रयोग सकिन्छ । त्यस्तै, उत्पादित वस्तु र सेवालाई बजारीकरण गर्न पनि सहजता प्रदान गर्दछ ।
हालसम्मका उपलब्धि
दूरसञ्चारको क्षेत्रमा स्याटेलाइटदेखि फिक्स्ड फोन, मोबाइल फोन, टुजी, थ्रिजी, फोरजी हुँदै फाइभजीसम्मका नयाँ नयाँ प्रविधिको विकास भइसकेको छ । यस्तो विकास क्रमलाई हेर्दा देशका दूरदराजमा भएका जनतालाई नै प्राथमिकतामा राखेर योजना बनाउने गरिएको पाइन्छ । अहिले दूरसञ्चार प्राधिकरणले स्याटेलाइट सिस्टम प्रचलनमा ल्याएको छ । यस्ता स्याटेलाइट सिस्टमहरू शहरमा भन्दा गाउँमा धेरै छन् । त्योभन्दा पनि नेपाल सरकारले नै ग्रामीण दूरसञ्चार विकास कोष भनेर नेपाल दूरसञ्चार प्राधिकरणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उच्च ब्याण्डविथ भएको अप्टिकल फाइबर बिच्छ्याउने योजना ल्याएको छ । त्यो योजनाले पहिला एक ठाउँबाट अर्काे ठाउँमा कनेक्सन गर्दा माइक्रो वेब वा स्याटेलाइटबाट ब्याण्डविथ बढी भएको इन्टरनेट सेवा उपलब्ध हुनेछ । यसबाहेक हाल नेपाल टेलिकमले गरेको फोरजी विस्तारको काम दूरदराजका विकट स्थानहरूमा पनि गरिरहेको छ ।
समस्या र चुनौती
अप्टिकल फाइबर बिच्छ्याउँदा सडक विभागसँग समन्वय गर्नुपर्ने देखिएको छ । विभागले सडक निर्माण गरिसकेपछि मात्र हामी जान सक्ने भएकाले अर्काे निकायसँग समन्वयकारी भूमिकामा चाहिँ हाम्रो बढी मेहनत लागिरहेको हुन्छ । यहीले सरकारले सडक, ढल र टेलिकमलाई ‘युटिलिटी डक्ट’ भनेर छुट्टै व्यवस्था गर्ने भनेको छ । सडक, ढल र जमिनमुनि तार व्यवस्थापनमा समस्या नहोस् भनेर आवश्यक समन्वय संयन्त्रको विकास भइरहेको छ । त्यसो हुँदाहुँदै पनि हाम्रो आन्तरिक निकाय बाहेक अरू बाह्य निकायहरूसँगको समन्वयकारी भूमिका अलि बढी नै देखिन्छ । कतिपय विकट ठाउँमा भने आवश्यक सामग्री पु¥याउनै कठिन अवस्था छ ।
त्यस्तै टेलिकमले विस्तार गरिरहेको फोरजी सेवा सबैको पहँुचमा पुग्न नसकेकाले हामी सेवा विस्तारका लागि विभिन्न उपकरणहरूको प्रयोग गर्छांै । त्यसका लागि ऊर्जाको आवश्यकता पर्दछ । त्यी ठाउँहरूमा विद्युत् पुगेको हुँदैन । ग्रीडको विद्युत् नपुगेको हुँदा त्यहाँ हामीले सोलार, जेनेरेटर वा लघु जलविद्युत् प्लान्टबाट आवश्यक ऊर्जा लिएर उपकरण सञ्चालन गर्नुपर्ने हुन्छ । सौर्य ऊर्जाबाट उपकरण सञ्चालन गर्दा पानी परेको समयमा सोलारले काम गर्दैन । त्यसले गर्दा हाम्रो सेवामा बेला–बेला समस्या आउने गर्दछ ।
निष्कर्ष
सरकारले मुलुकका ७५३ ओटै स्थानीय तहहरूलाई नै प्राथमिकता दिएर प्रविधिको पहुँच पु¥याउन स्याटेलाइट वा अप्टिकल फाइबर जे उपलब्ध हुन्छ, त्यसको प्रयोग गरेर इन्टरनेट÷डेटा पु¥याइरहेको छ । टेलिकमको उद्देश्य भनेको जहाँ सूचना र प्रविधिको पहुँच छैन, त्यहाँ त्यसको पहुँच पु¥याउने हो । शहरी क्षेत्रमा भने विस्तार गर्ने हो । टेलिकमले सेवा विस्तार गरेकोे ठाउँमा क्षमता बढाउने, पहुँच नपुगेका ठाउँमा पु¥याउने लक्ष्य राखेको छ । यस्तै जहाँ पहिले अलिअलि नेटर्वक छ, त्यहाँ गुणस्तर बढाउने विषयमा प्राथमिकता दिएर काम गरेको छ । त्यसबाहेक नयाँ–नयाँ सेवाहरू ग्राहकलाई दिने पनि गरेको छ, जुन फोनबाटै गर्न सकिने क्रियाकलापहरूमा पर्दछन् । यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले ठूलो भूमिका खेलिरहेको छ ।
समग्रमा भन्नुपर्दा प्रविधिले व्यक्तिको भौतिक, सामाजिक र आर्थिक आवश्यकतालाई ठूलो फाइदा पुगेको हुन्छ । डिजिटल नेपालको परिकल्पना पनि सबै नेपालीलाई प्रविधिसँग जोड्नु हो । नेपाल दूरसञ्चार प्राधिकरणले देशव्यापी रूपमा उच्च क्षमताको अप्टिकल फाइबर बिच्छ्याउँदै छ । त्यसले इन्टरनेट ब्याण्डविथ बढाउनेछ ।